शुक्रबार, असार २०, २०८२

काठमाडौंका यी ठाउँहरुमा आज दिनभर बत्ति जाने

नेपालखोज २०७७ भदौ १३ गते ११:५६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौँको रत्नपार्क स्थित कालिकास्थान आसपासमा आज बिहानदेखि नै विद्धुत कटौती भएको जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको कालिकास्थानबाट विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने प्राधिकरणले जानकारी दिएको हो ।

यस्तै मर्मतको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकणले जनाएको छ ।

प्रतिक्रिया