अष्ट्रेलियामा अलपत्र १४८ जना नेपालीहरुको उद्दार
काठमाडौं । कोरोना महामारीका कारण अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीहरुको उद्दार गरिएको छ । उनिहरुलाई उद्धार गरि आज नेपाल ल्याईएको छ ।
सितारा ट्राभल्स प्रालीको सक्रियतामा अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिश्बेन लगाएतका मुख्य शहरमा रहेका र कोरोनाका कारण समस्यामा परेका बिद्यार्थी, भेटघाटमा गएका आफन्त र फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपालीहरु उद्धार उडान मार्फत आज नेपाल आएका हुन् ।
सितारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेकाअनुसार उनीहरुलाई अष्ट्रेलियाबाट हिजो सिंगापुर एयरलाइन्स मार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले आज दिउसो काठमाडौँ ल्याएको हो ।
अन्य देशहरुमा समेत नियमित उडान रोकिएका कारण सिंगापुरको सिल्क एयरका नेपाल प्रमुख छिंगी चेन र पर्यटन मन्त्रालयको सहयोगमा उनीहरुलाई नेपाल ल्याउन सफल भएको सितारा ट्राभल्सले जनाएको छ ।
प्रतिक्रिया