शुक्रबार, असार २०, २०८२

पानीको मूल्यमा संसदीय समितिले छानबिन थाल्यो

नेपालखोज २०७७ भदौ १४ गते ७:५०

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मूल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मूल्य बढाउनुको कानुनी आधारलगायत सबै डकुमेन्ट मगाएर छानबिन थालेको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

विभाग स्वयंले केही पानी उद्योगमा निरीक्षण गरेर तयार पारेको प्रतिवेदनमा प्रतिजार औसत बिक्री मूल्य २५ रुपैयाँ भनिएको छ । तर सर्वसाधारणका लागि अधिकतम मूल्य (एमआरपी) ५० रुपैयाँ तोकेपछि समितिले छानबिन सुरु गरेको हो ।

मूल्यमा एकरूपता ल्याउने भन्दै विभागले असार २५ मा कार्यदल गठन गरेको थियो । कार्यदलले करिब २१ वटा पानी उद्योगको स्थलगत निरीक्षण गरेको थियो । हाल सर्वसाधारणले एक जार पानी खरिद गर्दा औसतमा ३५ रुपैयाँदेखि ४० रुपैया तिर्दै अएका छन् ।

प्रतिक्रिया