शुक्रबार, वैशाख १२, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्काशन

नेपालखोज २०७७ भदौ १४ गते ७:५४

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७७-०५-०४ देखि २०७७-०५-०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ।

कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुकोे ७१,५९०कित्ता शेयरकोे आवेदन रद्द भएका छन् ।

सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा,सो पश्चात निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए।

प्रतिक्रिया