शुक्रबार, असार २०, २०८२

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

नेपालखोज २०७७ भदौ १४ गते ९:२९

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान ४ बजे वालिङ नगरपालिका(५ माझकोटस्थित वालिङ–चापाकोट भित्रि सडक खण्डमा एम्बुलेन्स दुर्घटना भएको हो ।

काठमाडौंबाट चापाकोट फर्केको बा.२ झ. ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब दुईसय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० का २५ वर्षीय श्याम पंगेनी रहेका छन् । उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी चापाकोट नगरपालिका–९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । उनीहरुको वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया