एक वर्षमा एक अर्ब रुपैयाँको विद्युत् निर्यात
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६÷७७ मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो ।
यसले देश विद्युतमा आत्मनिर्भरता तर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६मा ४१ करोड ३० लाख रुपैयाँको विद्युत निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पु¥याएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ ।
गत आवमा सबैभन्दा बढी असोजमा २ करोड ९६ लाख युनिट ऊर्जा भारत निर्यात गरिएको थियो । सबैभन्दा कम वैशाखमा सबैभन्दा कम १० हजाुर युनिट ऊर्जा निर्यात गरिएको थियो । कुशहवा—कटैया, परवानीपुर—रक्सौल, ढल्केबर—मुजफ्फरपुर र रामनगरबाट भारत विद्युत निर्यात गरिएको हो ।
प्रतिक्रिया