शुक्रबार, असार २०, २०८२

उपत्यकामा स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुचारु

नेपालखोज २०७७ भदौ १४ गते १८:५९

काठमाडौं । काठमाण्डौ उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।

नेपाल मेडिकल एसोसिएशन, रोटरी क्लब अफ काठमाण्डौ हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताको लागि आजदेखि निःशुल्क बस सेवा सुरु भएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डाक्टर प्रकाश पौड्यालले गाडीका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरेको बताए ।  बस बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र बेलुका साढे ५ बजेदेखि साढे सात बजेसम्म चल्नेछ ।

प्रतिक्रिया