बिहीबार, असार १९, २०८२

नेपाल पत्रकार मन्चका सदस्य पनि काेराेना संक्रमित

नेपालखोज २०७७ भदौ १४ गते २१:०८

काठमाडौं । नेपाल पत्रकार मन्च केन्द्रीय कार्यसमितिमा आवद्ध एक पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।

सञ्चारकर्ममा क्रियाशील हुने क्रममा कोभिड -१९ को संक्रमणको जोखिमबाट उच्च सतर्कता अपनाउँदा अपनाउँदा पनि पत्रकारमा संक्रमण देखिएकोप्रति मञ्चले दुःख व्यक्त गरेको छ । हाल संक्रमण पुष्टि भएका पत्रकार आफ्नो परिवारसहित राजधानीको एक निजी अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेको जानकारी मञ्चले एक विज्ञप्ती मार्फत गराएको छ ।

यो विषम परिस्थितिमा आफ्नो व्यवसायिक धर्म, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सञ्चारकर्ममा क्रियाशीलल हुने क्रममा कोभिड(१९ को संक्रमितको जोखिमाट उच्च सतर्कता अपनाउँदा पनि नेपाल पत्रकार मञ्चका एक जना सक्रिय संक्रमित भएको जानकारी गराउनु पर्दा अत्यन्तै दुःख लागेको छ ।

यद्यपि, हाल उहाँ आफ्नो परिवारसहित राजधानीको एक निजी अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहनु भएकोछ । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ । उपचारकै क्रममा रहनुभएको उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई उच्च सतर्कताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न हुनसमेत हार्दिक अनुरोध गर्दछौं- महासचिव विमलकुमार थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल पत्रकार मन्च केन्द्रीय कार्यसमितिले मञ्चसँग आबद्ध सम्पूर्ण पत्रकारहरुको विमा कार्यक्रमलाईसमेत अगाडि बढाएको हुँदा हालसम्म कोरोना विमा नगराएका मञ्का सम्पूर्ण सदस्यहरुले नेपाल पत्रकार मञ्चमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया