शुक्रबार, असार २०, २०८२

चितवनका १७ सहित थप २४ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ भदौ १५ गते १३:४८

चितवन । चितवनका थप १७ सहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड(१९ परीक्षण प्रयोगशालामा आज सार्वजनिक विवरणअनुसार चितवनका १७ र अन्य जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार भरतपुरका १५ जना र रत्ननगरका २ जना छन् । यस्तै मकवानपुर हेटौंडाका तीनजना, नवलपुर जिल्लाको गैंडाकोट, मध्यविन्दु, देवचुली र नवलपरासीको सुनवलका गरी १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया