बिहीबार, असार ५, २०८२

युरोपियन देशहरुमा आउँदो सातादेखि विद्यालय खुलाउने तयारी

नेपालखोज २०७७ भदौ १६ गते ९:५४

एजेन्सी । बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले आउँदो सातादेखि विद्यालय खुलाउने तयारी गरेका छन् ।

गएको साताबाट कोरोना संक्रमणको दर केही घटेपछि ती देशहरुमा सुरक्षाका उपायसहित बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको बीबीसीले कारण लामो समयदेखि विश्वका धेरैजसो बालबालिका घरमै बस्न बाध्य भएका छन् ।

घरबाट वैकल्पिक पढाइको व्यवस्था भएपनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ । त्यसैबीच गएको २४ घण्टामा मात्रै विश्वमा दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै झण्डै ६९ हजार संक्रमित थपिएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख नाघेको छ ।

यसमध्ये आठ लाख ५४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भएका छन् । अमेरिकामा मात्रै संक्रमतिको संख्या ६२ लाख नाघेको छ ।

प्रतिक्रिया