बिहीबार, असार ५, २०८२

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ६१ हजार नाघ्यो

नेपालखोज २०७७ भदौ १७ गते ७:३९

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) बाट विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ६१ हजार नाघेको छ । विश्वभर संक्रमितको संख्या २ करोड ५८ लाख ९८ हजार बढी पुगिसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जना नयाँ सङ्क्रमित भेटिएका छन् । सबैभन्दा धेरै भारतमा ७८ हजार बढीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना नयाँ सङ्क्रमित भेटिंदा अमेरिकामा ४० हजार ८ सय ३६ जनालाई सङ्क्रमण भएको वल्डोओमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरै सङ्क्रमित छन् भने एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ८ लाख ६० हजार भन्दा धेरेको ज्यान गएको छ । विश्वभर हालसम्म १ करोड ८१ लाख बढी उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया