बिहीबार, असार ५, २०८२

कुनै पनि जातीय विभेद भएको छैन : राष्ट्रपति ट्रम्प

नेपालखोज २०७७ भदौ १७ गते ९:४१

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय हिंसा मान्य नहुने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा विस्किन्सन राज्यको केनोशाको भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयनमा कुनै पनि जातीय विभेद नगरेको स्पष्ट पारेका छन् ।

उनले केही दिनअघि केनोशामा एक अश्वेत नागरिकमाथि प्रहरीले गोली हानेपछि आन्दोलन भइरहे पनि नश्लवादको पक्षमा आफू नरहेको स्पष्टिकरण दिएका छन् । न्यायका लागि आन्दोलनरत पक्षहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षीहरुले लगाएको आरोपमा सत्यता नभएको बताएका छन् ।

गत अगस्टमा भएको मुठभेडमा याकुब ब्लेकलाई प्रहरीले सात पटक गोली प्रहार गरेपछि जातीय मुद्धालाई लिएर आन्दोलन थप चर्किएको हो । उक्त आन्दोलनलाई विभिन्न राष्ट्रहरुले ऐक्यवद्धता जनाएका थिए । राष्ट्रपति ट्रम्पले जारी आन्दोलन अधिकारका लागि शान्तिपूर्ण आन्दोलन नभएर घरेलु आतंकको चरम नमूना भएको प्रतिक्रिया दिएका छन् ।

यता राष्ट्रपति ट्रम्पका चुनावी प्रतिष्पर्धी जो विडेनले जातीय विभाजन गराउन खोजेको आरोप लगाएका छन् । विडेनले चुनावी नाराको रुपमा अघि सारिएका केही योजनाहरु पनि विवादास्पद भएकाले ट्रम्पले झुटको खेती गरिरहेको टिप्पणीसमेत गरेका छन । ट्रम्पले राजनीतिक फाइदाका लागि एक पछि अर्को मानवअधिकार उल्लंघन र व्यक्ति हत्याका घटना गराएको आरोप उनले लगाएका छन् ।

प्रतिक्रिया