शनिबार, वैशाख १३, २०८२

शनिबार शनिदेवसँगै भगवान् शंकरको पूजा !

नेपालखोज २०८१ फागुन २४ गते ५:३०

अहिले शनिदेव मकर राशिमा प्रतिगामी छन् । मकर राशिमा शनिको प्रतिगामी भएकाले मकर लगायत कुम्भ र धनु राशीका लागि शनिको साडेसाती चलिरहेको छ भने मिथुन र तुला राशिमा शनिधामको प्रभाव रहेको छ । शनिदेवको प्रभावलाई कम गर्न यी राशिका व्यक्तिहरूले साउनको शनिबार अपनाउनुस् यी निश्चित र सरल उपाय ।

साउनको प्रत्येक शनिबार शनिदेवसँगै भगवान् शंकरको पूजा गर्नुपर्छ । भगवान् शंकरको पूजा गर्नाले शनिदेवको प्रभाव कम हुने शास्त्रमा विश्वास छ ।

साउन महिनाका तीनै शनिबार भगवान् शंकर र शनिदेवको पूजा–आराधना गर्न विशेष संयोग बनाइएको छ । हिन्दु धार्मिक ग्रन्थहरू अनुसार शनिदेव भगवान् शंकरका शिष्य र परम भक्त हुनुहुन्छ। त्यसैले भगवान शंकरको पूजा गर्नाले शनिदेवको महादशाबाट मुक्ति मिल्छ ।

साउन महिनाको शनिबारको दिन यी राशिका व्यक्तिले शनि मन्दिरमा गएर तोरीको तेलको दियो बाल्नुपर्छ । यसो गर्नाले भगवान् शिव र शनिदेवको कृपाले दुःखबाट मुक्ति मिल्ने जनविश्वास छ ।

प्रतिक्रिया