जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८१ फागुन २६ गते १८:००

बैतडी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका–१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका–१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी बैतडी, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेलौली नगरपालिका–१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नायकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका–१ गडालेकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया