एसइई परीक्षा

आज चैत ७ गतेबाट सञ्चालन भएको एसइई परीक्षामा सहभागी हुने भाइबहिनीहरूलाई शुभकामना । एसइई परीक्षामा मर्यादित भएर परीक्षा दिनुहोला । जीवनमा धेरै परीक्षाहरू आउने गर्दछ, त्यसै मध्य यो पनि एक परीक्षा मात्र हो । तसर्थ सहजै पार गर्न सकिनेछ ।
यस वर्षको एसईई परिक्षामा देशभरका ७७ जिल्लाका ११,२१६ विद्यालयहरूबाट २ लाख ५७ हजार ७३० छात्रा तथा २ लाख ५६ हजार ३११ छात्र एवं ३० अन्य परिक्षार्थीहरू सहभागी हुँदैछ । यस वर्ष पनि जापानमा एक परिक्षा केन्द्र तथा नेपालमा २०७९ परिक्षा केन्द्र रहनेछ ।
तस्विरमा आजभन्दा ६२ वर्ष अगाडि वि.सं. २०१९ सालको माघमा बनेपाको आजाद हाइस्कुलमा एसएलसी परिक्षा दिँदै गरेका बिद्यार्थीहरू देख्न सकिन्छ । यसै वर्ष पहिलो पटक सरकारले एसएलसी वोर्डको गठन गरि सोही वोर्ड मार्फत परिक्षा लिने परिपाटी मिलाएको थियो ।
साथै यसै वर्ष देखि प्रयोगात्मक विषयका परिक्षाहरू पनि थप गरिएका थिए । जस अनुसार प्राथमिक उपचार, बुनाइ, गृहविज्ञान, कृषी, चित्रकला, संगीत आदी विषयको पनि परिक्षाहरू भएको थियो । तर परिक्षाका लागि बुनाइका छात्राहरूले कपडा, कैँची, धागो, सियो तथा गृहविज्ञानका छात्राहरूले पकाउने भाँडा, थाल, चम्चा, स्टोभ, पकाउने सामग्री तथा मरमसला पनि परिक्षामा लैजानु पर्दथ्यो । संगीतका बिद्यार्थीहरूले बजाउने बाजा पनि लैजानुपर्दथ्यो ।
२०२० साल पछि भने उत्कृष्ट दश जना विद्यार्थीहरूको नाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको थियो । जसलाई बोर्डमा आउने विद्यार्थी भन्ने गरियो ।
प्रतिक्रिया