आइतबार, असार २२, २०८२

कोरोना अपडेट : एकैदिन १३५६ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

नेपालखोज २०७७ भदौ १९ गते १७:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । योससँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २५ हजार ५ यस ६१ पुगेको छ । देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी ७ हजार ४ सय ६२ होम आइसोलेसनमा छन् ।

त्यस्तै,  काठमाडौं उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामा काठमाडौं जिल्लाका तीन सय ८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया