काठमाडौंका केही ठाउँमा आज ६ घण्टा बत्ती जाने
नेपालखोज
२०७७ भदौ २० गते ६:३६
काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत पर्ने काठमाण्डौ महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा आज बिजुलीको पोल सार्ने काम हुने भएकाले केहि स्थानको बत्ती काटिने भएको छ ।
विद्युतीय संरचना स्थानान्तरण गर्न आज बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर शटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले विज्ञप्तिमार्फत जानकारी दिए ।
आज वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्र बत्ती जाने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया