आइतबार, असार २२, २०८२

साउदीबाट थप १५ चार्टर उडान हुने

नेपालखोज २०७७ भदौ २० गते ७:५६

काठमाडौं । दोहा– साउदी अरवबाट काठमाडौँका लागि थप १५ वटा चार्टर उडान हुने भएका छन् । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो ।

दूतावासकाअनुसार सेप्टेम्बर ६ देखि ३० तारिखसम्म रियाद तथा दमामबाट उडान हुने जनाउदै नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने र नेपाल पुगेपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाइएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सले सेप्टेम्बर ७ र १९ तारिखमा दमामबाट उडान भर्ने भएको छ ।

प्रतिक्रिया