मंगलबार, वैशाख १८, २०८१

नेपालमा करिब २९ हजारले जिते कोरोना

नेपालखोज २०७७ भदौ २१ गते १९:२२

काठमाडौं । नेपालमा कोरोना मुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । आज काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना देखिएको छ । यसैबीच कोरोना संक्रमणबाट २ महिला सहित थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया