आइतबार, वैशाख १४, २०८२

फ्रान्सेली विदेशी भू-भागमा अमेरिकाद्वारा कर कटौती

नेपालखोज २०८१ चैत २२ गते ११:४५

काठमाडौं । वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।

बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट-पिएरे-एट-मिक्वेलनबाट आउने वस्तुमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो ।

शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना गर्नेछ ।

प्राविधिक रूपमा युरोपेली सङ्घ ९इयु० को हिस्सा नभएको सेन्ट-पिएरे-एट-मिक्वेलन पनि त्यही शुल्कको प्रभावमा पर्नेछ ।

यसले ती दुई क्षेत्रलाई अन्य फ्रान्सेली विदेशी भू-भागहरू ग्वाडेलुप, मार्टिनिक, फ्रेन्च गुयाना र मायोटेसँग समान स्थितिमा ल्याउनेछ ।

सूचीको शुक्रबारको संस्करणले न्युजिल्यान्ड र फ्रान्सेली प्रशान्त क्षेत्र न्यु क्यालेडोनियाको बीचमा रहेको अस्ट्रेलियाको नोरफोक टापुमा योजनाबद्ध भन्सार शुल्कहरू पनि तीव्र रूपमा घटाइएको देखिन्छ ।

दुई हजार जनसङ्ख्या भएको यो द्वीपमा प्रारम्भमा २९ प्रतिशत आयात शुल्क लाग्ने अनुमान गरिएको थियो । यो अहिले घटेर १० प्रतिशत भएको छ ।

शनिबारदेखि क्यानाडा र मेक्सिकोबाहेक सबै अमेरिकी आयातमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ ।

आगामी बुधबारदेखि दर्जनौँ अमेरिकी व्यापार साझेदारका लागि दरहरू बढाइनेछ । यसमा युरोपेली सङ्घका आयातकर्ताहरूले २० प्रतिशत र चीनले ३४ प्रतिशत तिर्नुपर्नेछ ।

प्रतिक्रिया