आइतबार, असार २२, २०८२

बारा र पर्साका थप २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ २३ गते ८:३०

पर्सा । बारा र पर्साका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १३ र बाराका ९ जना गरी थप २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, १२, १३ र १६ का एक एक जना रहेका छन् । कालिकामाई गाउँपालिकामा दुई जना, सखुवा प्रसौनी गाउँपालिकामा दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै वीरगञ्ज आर्मी ब्यारेकका एक, तराई अस्पतालका तीन र हेल्थ केयर अस्पतालका तीन जनामा संक्रमण पुष्टि भएको छ । बाराको कलैया उपमहानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका चार जना, सुवर्ण गाउँपालिका ७ मा एक जनामा संक्रमण भएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया