न्युजिल्यान्डद्वारा स्थापना सन्धि पुनः परिभाषित गर्ने विधेयक अस्वीकार

सिड्नी । आदिवासी अधिकारहरू कमजोर हुने डरले धेरै सांसदले एक विधेयकलाई अस्वीकार गर्न मतदान गरेपछि बिहीबार न्युजिल्यान्डको संसद्मा माओरी लोक गीत बज्यो । विवादास्पद ‘सन्धि सिद्धान्त विधेयक’ ले सन् १८४० मा माओरी प्रमुखहरू र बेलायती प्रतिनिधिहरूबीच हस्ताक्षर गरिएको न्युजिल्यान्डको संस्थापक दस्तावेजका सिद्धान्तहरूलाई पुनः परिभाषित गर्न खोजेको थियो ।
धेरै आलोचकले यसलाई देशको नौ लाख–बलियो माओरी जनसङ्ख्यालाई दिइएको विशेष अधिकार फिर्ता लिने प्रयासको रूपमा हेरेका थिए । संसद्ले बिहीबार ११२ विरुद्धमा र मात्र ११ पक्षमा मतदान गरेर विधेयक अस्वीकार गर्यो । अन्तिम नतिजा पढेको केही क्षणपछि च्याम्बरमा रहेका मानिसहरूले राष्ट्रियता र एकताको उत्सव मनाउँदै माओरी लोकगीत गाएका थिए । गत वर्ष ३५ हजारभन्दा बढी प्रदर्शनकारी राजधानी वेलिङ्गटनमा विधेयकको विरोधमा भेला भएका थिए । यो देशको रेकर्डमा सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।
न्युजिल्यान्डको शासन गठबन्धनमा एउटा सानो पार्टीको नेतृत्व गर्ने सरकारी मन्त्री डेभिड सेमुर यस विधेयकको वास्तुकार हुनुहुन्थ्यो । सकारात्मक कार्यका कट्टर आलोचक सेमुरका अनुसार यसले माओरीलाई प्रदान गरिएको ‘विशेष अधिकार’ लाई कटौती गर्न खोजेको थियो । देशको स्थापना सन्धिको व्याख्या गरिएको तरिकाका कारण माओरीलाई गैर–आदिवासी न्युजिल्यान्डवासीहरूलाई प्रदान नगरिएका राजनीतिक र कानूनी अधिकार र सुविधाहरू प्रदान गरिएको विधेयकमा उल्लेख छ ।
वैताङ्गी सन्धिमा पाँच सय ४० माओरी मुखियाहरू र उपनिवेशवादी ब्रिटिश सेनाहरू बीच शान्ति ल्याउन सन् १८४० मा हस्ताक्षर गरिएको थियो । यसका आजका सिद्धान्तहरूले आज आदिवासी र गैर–आदिवासी न्युजिल्यान्डवासीहरू बीचको साझेदारीलाई बढावा दिने र माओरी समुदायको हितको रक्षा गर्ने प्रयासहरूलाई जोड दिन्छ ।
आज माओरीहरू अझै पनि चाँडै मर्ने, गरिबीमा बाँच्ने वा जेलमा पुग्ने सम्भावना धेरै छ । यस वर्षको सुरुमा एक सरकारी समितिले सन्धि सिद्धान्त विधेयकमा तीन लाखभन्दा बढी सार्वजनिक निवेदनहरू प्राप्त गरेको थियो । यो जुन अहिलेसम्मको सबैभन्दा उच्च सङ्ख्या हो । सोमध्ये ९० प्रतिशतले यसलाई अस्वीकार गरेका थिए ।
प्रतिक्रिया