युक्रेन युद्धविरामबारे केही दिनभित्रै निर्णय गरिनुपर्ने रुबियोको भनाइ

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली अधिकारीसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता सुरु गर्न सहमत भएपछि किएभ र युरोपेली सहयोगीहरूलाई वेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।
युद्ध अन्त्यका लागि ट्रम्पको प्रयास असफल भएको छ र पुटिनले पूर्ण युद्धविरामको खण्डन गरेका छन् ।
रुबियोले युरोपेली अधिकारीले बिहीबार भएको वार्तामा ‘आफ्ना विचारमा निकै सहयोगी र रचनात्मक’ बनेको बताएका छन् ।
सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए ।
युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।
प्रतिक्रिया