शुक्रबार, वैशाख १२, २०८२

मधेश प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

नेपालखोज २०८२ वैशाख ८ गते १६:०७

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा जीतेन्द्र खड्गलाई नियुक्त गरिएको छ ।

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीका अनुसार मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नियुक्त भएका दुवैजना लामो समयदेखि पत्रकारितामा आवद्ध छन् ।

उपाध्याय बाराका तथा खड्ग सप्तरीका बासिन्दा हुन् । मन्त्री लेखीका अनुसार, सञ्चार क्षेत्रको सुधार, नियमन, अनुगमन र विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहनेछ ।

प्रतिक्रिया