बैंक तथा फाईनान्स कम्पनीहरुमा ५८ करोड रुपैंयाँ राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रहेको रकम तीन सय ६६ दिने मुद्धतीको रुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि विसं २०८२ वैशाख १६ गतेदेखि विसं २०८३ वैशाख १६ गतेसम्म रहने छ । रकम लगानी गर्न च्याहाने बैक तथा फाइनान्स कम्पनीहरूले यही वैशाख ११ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ । लगानीको लागि छुट्ट्याएको कुल रकम मध्ये वाणिज्य बैङ्कहरूको लागि ४४ करोड ४० लाख, विकास बैङ्कहरूको लागि आठ करोड ७० लाख र फाइनान्स कम्पनीहरूको लागि दुई करोड ९० लाख रुपैयाँ छुट्ट्याएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानी गर्न च्याहाने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्यूनतम सर्तहरू तोकिएका छन् ।

प्रतिक्रिया