आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् ।
शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरेका हुन् ।
ट्रम्पले भने, ‘यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।’
वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ ।
दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, ‘हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।’
इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उहाँलाई टाइमले सोधेको प्रश्नमा उनले भने, ‘यो सही होइन ।’
उनले भने, ‘मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।’ म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु’ उनले भने । रासस/एएफपी
प्रतिक्रिया