सोमबार, वैशाख १५, २०८२

दोहोरो अंकले घट्दा आठ अर्ब ९१ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख १५ गते १५:३५

काठमाडौं । नेप्सेको उकालो यात्रा एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन तीन दशमलव ५८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १४ दशमलव ५३ अंकले घटेर २६ सय ४७ दशमलव शुन्य सात अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले घटेर चार सय ४५ दशमलव ४८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरुको ७६ हजार नौ सय ९८ पटकको कारोबारमा दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार नौ सय १९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक ३४ दशमलव ६३ अंकले बढेर २४ सय ५८ दशमलव चार अंकमा चढेकोमा व्यापार समूहको सूचक पनि १९ दशमलव २४ अंकले बढेर चार हजार पाँच सय ३६ दशमलव ३१ अंकमा चढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आठ दशमलव ६८ अंकले घटेर १३ सय २१ दशमलव तीन अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १५ दशमलव २६ अंकले घटेर पाँच हजार तीन सय ९० दशमलव ५४ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ५३ अंकले घटेर तीन हजार चार सय ९२ दशमलव ४८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १८ दशमलव ३५ अंकले घटेर १३ हजार एक सय छ दशमलव ५७ अकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि तीन दशमलव ४४ अंकले घटेर १२ हजार दुई सय ९४ दशमलव २७ अंकमा झरेकोमा होटल तथा पर्यटन समूहको सूचक पनि १५ दशमलव १२ अंकले घटेर छ हजार चार सय दुई दशमलव १९ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः दुई दशमलव ५४, ४१ दशमलव ९०, २८ दशमलव ३१, शुन्य दशमलव शुन्य नौं र सात दशमलव ३९ अंकले घटेका छन् ।

नेप्समो आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया