कोलकाताको होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु
नेपालखोज
२०८२ वैशाख १७ गते ९:१७

काठमाडौं । भारतीय प्रान्त पश्चिम बंगालको राजधानी कोलकातामा मंगलबार राति होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नवभारत टाइम्सका अनुसार घटना मध्य कोलकाताको फलपट्टी मछुआनजिकै भएको हो ।
कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माका अनुसार मंगलबार राति ८:१५ बजेतिर ऋतुराज होटलमा आगलागी भएको हो।उनले १४ जनाको शव निकालिएको र धेरै जनालाई उद्धार गरिएको बताए ।
उनले आगो नियन्त्रणमा आइसकेको र उद्धार जारी रहेको जानकारी पनि दिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विशेष टोली पनि गठन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया