बुधबार, असार ४, २०८२

सुनचाँदीकै भाउ घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०८२ वैशाख १७ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेकाे छ । आज छापावाल सुन तोलामा सात सयले र चाँदी ५ रुपैयाँले घटेर काराेबार भइरहेकाे छ ।

छापावाल सुन आज तोला एक लाख ८८ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ८ सयका काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९६५ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया