आइतबार, असार ८, २०८२

रिहा भए रेशम चौधरी

नेपालखोज २०८२ वैशाख १७ गते १७:३८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । बुधबार साँझ डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् । 

सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।

चौधरी बुधबार दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया