बुधबार, असार ४, २०८२

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

नेपालखोज २०८२ वैशाख १८ गते ५:१५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एकले घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया