खर्चमा लागत कटौती अभियानले अपेक्षित सफलता नपाएको मस्कको स्वीकारोक्ति

वासिङ्टन । प्रविधि उद्यमी एलन मस्कले अमेरिकी सरकारको खर्चमा व्यापक लागत कटौती अभियानको परिणामले ट्रम्प प्रशासनभित्रबाट समेत धक्काको सामना गर्नुपरेकोले आफ्नो मूल महत्वाकाङ्क्षा पूरा गर्न नसकेको बताएका छन् ।
‘के क्याबिनेट र संसद्ले कति समस्या थेग्न सक्छ रु यसका लागि धेरै गुनासाहरूको सामना गर्नु आवश्यक छ।’ उनले बुधबार अमेरिकी सञ्चारमाध्यमको एक समूहलाई भने । पछिल्लो क्याबिनेट बैठकपछि लिइएको मस्कको यो अन्तर्वार्ता बिहीबार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
मस्कले आफ्नो समस्याग्रस्त कार कम्पनी टेस्लामा बढी ध्यान केन्द्रित गर्न प्रशासनको लागत कटौती गर्ने उद्देश्यले गठन गरिएको ‘सरकारी दक्षता विभाग’ को अनौपचारिक प्रमुखको रूपमा आफ्नो भूमिका कम गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केको पहिलो दिनदेखि नै मस्कको नेतृत्वमा टोलीले सरकारी एजेन्सीहरूमा प्रवेश गरेर खर्च गर्न र व्यापक छटनी र अन्य सुधारहरूको चरणहरू सुरु गर्न विभाग ९डोज० को प्रयासबारे विशेष चर्चा भएको छ ।
यस अभियानले मस्कको सार्वजनिक छविलाई विवादमासमेत पारेको छ । टेस्ला डीलरशिपहरू संयुक्त राज्य अमेरिका र बाहिर विरोध र बर्बरताको दृश्य बनेका छन् ।
मस्कले अहिलेसम्म विभागले लक्षित दुई ट्रिलियनको अगाडीसङ्घीय खर्चमा १६० अर्ब अमेरिकी डलर मात्र कटौती गरेको स्वीकार गरेका छन् ।
विभागको योजना अनुसार व्यापक कटौतीले पेन्सन र सेवानिवृत्तहरूको लागि स्वास्थ्य सेवा, र रक्षा बजेटजस्ता सरकारको सबैभन्दा ठूलो लागत आधारहरू घटाउन आवश्यक छ ।
सन् २०२६ को जुलाई ४ सम्म सुधारको छनक देखाउने लक्ष्य राखिएको भएपनि मस्कले यो प्रयास ट्रम्प प्रशासनको चार वर्षसम्म जारी रहन सक्ने बताएका छन् । रासस/एएफपी
प्रतिक्रिया