राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।
अध्यक्ष दाहालले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र कार्यव्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते अपराह्न १२ः१५ मा बस्नेछ ।
प्रतिक्रिया