तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको छ : लिङदेन
नेपालखोज
२०८२ वैशाख २१ गते १७:३६

काठमाडाैं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्तर्गतको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि केहि सांसदहरुले प्रश्न उठाएपछि लिङदेनले स्थगलत अध्ययनका साथै सरोकारवालासंग छलफल गरेर प्रतिवेदन बनाएको बताए । उहाले पोखरा अन्तराष्ट्रिय बिमानस्थलको अध्ययनका क्रममा विज्ञहरुसंग परामर्श समेत गरेको जानकारी दिए । हचुवाका भरमा प्रतिवेदन बनाइएको भन्दै भ्रम नराख्न उहाले आग्रह गरे ।
बैठकमा केहि सांसदहरुले उपसमितिको प्रतिवेदनका आधारमा कारवाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए भने केहिले थप अध्ययनको आवश्यकता रहेको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया