जेठ २ देखि माओवादीले मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने
नेपालखोज
२०८२ वैशाख २१ गते १७:४०

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
आज अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
बैठकले गत फागुन १२ गतेदेखि सुरु गरिएको हुलाकी राजमार्गकेन्द्रित अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले यो माओवादीको मात्र नभइ सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष निकालेको छ ।
सम्बन्धित
प्रतिक्रिया