सिन्धुपाल्चोकमा पुनः बाढी तथा बहिरो : करिब १८ घर बगे
नेपालखोज
२०७७ भदौ २८ गते ८:१५
सिन्धुपाल्चोक। करिब ६ घण्टादेखिको भारी वर्षा आएको बाढी तथा पहिरोमा परि सिन्धुपाल्चोकममा १८ घर बगाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएराति गएको पहिरोमा परि कम्तीमा १० घर बगाएको नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए ।
“पहिरोमा हालसम्म १७ जना मानिस वेपत्ता छन् । अहिलेसम्म १ जनाको शव फेला परेको छ,” उनले भने । खराब बाटोका कारण उद्धारमा समास्या भएको उनले बताए ।
त्यस्तै बाह्रबिसे नगरपालिकाको अर्को नागपुजे भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ पनि ८ घर पहिरोले बगाएको स्थानीयले बताएका छन् । वेपत्ताहरूको खोजीकार्य जारी रहेको स्थानीयको भनाइ छ । थप विवरण आउन बाँकी ।
सम्बन्धित
प्रतिक्रिया