सनराइज फस्र्टका इकाईधनीहरुले ७ प्रतिशत प्रतिफल पाउने
नेपालखोज
२०७७ भदौ २८ गते १३:०२
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।
यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो । यो निर्णय योजना व्यवस्थापक सन्राइज क्यापिटल लिमिटेडको भदौ २५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।
प्रस्तावित प्रतिफलका लागि बुक क्लोज भने आगामी दिनमा गर्ने योजनाको भनाई छ । यस योजनाले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया