मंगलबार, असार १७, २०८२

तोलामा तीन हजार पाँच सयले घट्यो सुनको मूल्य

नेपालखोज २०८२ जेठ २ गते ११:०१

काठमाडौं । बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया