मंगलबार, असार १७, २०८२

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व संकलन

नेपालखोज २०८२ जेठ ३ गते १५:१७

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा एक खर्ब ४० अर्ब ४२ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।

कार्यालयले साउनमा १२ अर्ब १५ करोड रूपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रूपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रूपैयाँ, कात्तिकमा ११ अर्ब १० करोड रूपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड रूपैयाँ, माघमा १४ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो ।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रूपैयाँ राजस्व संकलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रूपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया