शनिबार, जेठ ४, २०८२

सेतीको पुलबाट हामफालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्वार

नेपालखोज २०८२ जेठ ४ गते १४:००

काठमाडौं । जेठ २ गते शुक्रबार राती कास्की जिल्ला पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युबकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०/२१ बर्षको युवक आत्महत्याको लागि हामफालेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरि बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राती ९:३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोपरेस्क्यू प्रयोग गरी उद्वार गर्न सफल भएको हो ।

अन्दाजी १०० मिटर तल सेती नदिको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाइ उपचारको लागी गण्डकी मेडिकल कलेज पठाईएको छ ।

प्रतिक्रिया