यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्यरूपमा सम्पन्न गरेको छ । देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे ।
यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो । प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गर्यो ।
दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेताहरूमा सुकदेव कुमार माझी – बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोक, प्रथम उपविजेताः रोनित श्रेष्ठ –तिरुपति अटो प्यालेस, विराटनगर, दोस्रो उपविजेता (साझा विजेता), सागर त्वाती– जेएस अटोमोबाइल्स प्रा. लि., सतुंगल र बिनोद चौधरी – जी.एस.एस. ट्रेडर्स, लम्की रहेका छन् ।
यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धता प्रति आफ्नो समर्पण प्रमाणित गरेका छन् । उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ । यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालले भने, यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो।
हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो ।
यो प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ । यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि हो ।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो । जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ । यामाहा नेपाल दक्ष जनशक्ति विकास गर्दै नेपालभर उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ ।
प्रतिक्रिया