बुधबार, असार ४, २०८२

अदालतबाट न्याय पाएनौं : निकिता पौडेल

नेपालखोज २०८२ जेठ १३ गते १७:२९

काठमाडौं । सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले न्याय नदिएको टिप्पणी गरेकी हुन् । ‘अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन,’ उनले लेखेकी छन् ।

निकिताले गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको उल्लेख गरेकी छन् ।

‘नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन’, उनले लेखकी छन् ।

प्रतिक्रिया