प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा
नेपालखोज
२०७७ भदौ ३० गते १९:१५
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।
यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्रीसमेत जिम्मेवारी सम्हालेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया