शनिबार, जेठ ३२, २०८२

अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै याे बजेटको विशेषता : अर्थमन्त्री पौडेल

नेपालखोज २०८२ जेठ १६ गते १८:५५

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले आफुले ल्याएको बजेट बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चूनौति नहुने बताएका हुन् ।

सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले बिशेष ध्यान दिएको उनले बताए । मन्त्री पौडेलले निजि क्षेत्रको मनोवल बनाउने र लगानी बृद्धि गर्ने दृष्टिकोणले अनुकुल रहको दावी गरे ।

उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको बिशेषता रहेको जिकिर गरे ।

प्रतिक्रिया