जातीय एकता वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न केपीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सञ्चालक परिषद्को आज सिंहदरबारमा भएको २५औँ बैठकमा परिषद्को ओलीले पछाडि परेका जातिलाई उत्थान र क्षमता वृद्धि गरेर राष्ट्रिय समृद्धिमा लानुपर्नेमा जोड दिएका हुन् ।
ओलीले भने, ‘जातीय विकासको कुरा गर्दा हामीले जातीय वैमनस्यता र चिसोपन खोजेको होइन । आपसी एकता र समझदारी र सामाजिक न्याय खोजेको हो । यस प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतदभेदका आधारमा होइन, साझा संस्थाका रूपमा लिएर जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले आफूहरूले व्यवस्था परिवर्तन गरेर अवस्था गरेको जनाउँदै देखिएका कमजोरीलाई अनुभवका आधारमा सच्याउँदै लोकतन्त्रलाई बलियो बनाएर लाने बताए । उनले कम्तीमा वर्षमा दुईपटक प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक बसेर समसामयिक समस्यामाथि छलफल गरेर समाधानका उपायका लागि सरकारसँग सिफारिस गर्न आग्रह गरे ।
प्रतिक्रिया