शनिबार, जेठ २५, २०८२

नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको नेता भुसालकाे प्रतिक्रिया

नेपालखोज २०८२ जेठ २३ गते १६:०३

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताए ।

त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने उल्लेख गरे । माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उहाले बताए ।

प्रतिक्रिया