योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन
नेपालखोज
२०८२ जेठ २३ गते १९:२७
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विषेश समिति गठन गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेशसभा सदस्यहरु केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषण गरे ।
प्रतिपक्षी दलहरुले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । -रासस
सम्बन्धित
प्रतिक्रिया