मंगलबार, वैशाख १८, २०८१

आजको शेयर बजार : फेरी ओरालो लाग्यो नेप्से

नेपालखोज २०७६ मंसिर ४ गते १७:२३

४ मंसिर, काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर एक हजार १२८.३४ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक १.६५ अंक घटेर बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ०.२५ अंक घट्यो।

त्यसैगरी, यस दिन फ्लोट इन्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंक घटेर बन्द भएको छ। यस दिन १६५ कम्पनीको ५ हजार ३२८ पटकको कारोबारमा ३० करोड ३७ लाख २४ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भयो ।

प्रतिक्रिया