बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैंयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा सङ्कुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि ४२ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति साउन चार गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया