सोमबार, जेठ २७, २०८२

सुनकाे मूल्य सामान्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ जेठ २७ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको थियाे ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया